डिजिटल भुक्तानी सेवा प्रदायक संस्था ‘फोन पे’ र ‘माइ पे’ एकै नेटवर्कमा जाेडिएकाे छन।
यी दुई संस्थाले साेमबार कार्यगत एकता गरेका गरेका हुन्। याे सँगै यी दुई संस्थाकाे वाल तथा क्यूआर काेडमार्फत एकै तरिकाले काराेबार गर्न सकिने भएकाे छ। ‘अब हामी एक अर्का सहकार्य गर्ने गरी सम्झाैता गरेका छाैँ।
अब माइ पेका ग्राहकले फाेन पेकाे क्यूआर काेडमार्फत काराेबार गर्न सक्नेछन्,’ माई पेका सिइओ मनोज मेहेताले भने। माइ पे का ८ लाखभन्दा बढी र फाेन पे का ११ लाख बढी सेवाग्रही रहेका छन्।
अब यी ग्राहकले एकसाथ एउटै वालबाट काराेबार गर्ने सक्ने छन्। दुई संस्थाबीच सहकार्य गर्न पाउँदा दुबै संस्थाले खुसी व्यक्त गरेका छन्।