प्रदेश १ का मुख्यमन्त्री कार्कीले लिए शपथ, माओवादीद्वारा बहिष्कार

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथ लिएका छन्। उनले प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका हुन्।

प्रदेश प्रमुख पर्शुराम खापुङले मुख्यमन्त्री कार्कीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। तर, हिजो मात्रै कार्कीलाई समर्थन गरेको माओवादी केन्द्रले भने मुख्यमन्त्रीको शपथ ग्रहण बहिष्कार गरेको छ।

माओवादी संसदीय दलको केहीबेरअघि सम्पन्न बैठकले सरकारमा नजाने निर्णय गरेको हो। माओवादी केन्द्रका प्रदेशसभा सदस्य गणेश उप्रेतीले नवनियुक्त प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ समारोहमा समेत माओवादी केन्द्र सहभागी नभएको बताए।

उनले पाँच वर्षभित्र आलोपालोको निर्णय नभएसम्म आफूहरू सरकारमा सहभागी नहुने बताउँदै उप्रेतीले यो विषयमा केन्द्रलाई जानकारी पठाउने दलले निर्णय गरेको बताए।

प्रकाशित मिति: : 2023-01-09 15:22:00

प्रतिकृया दिनुहोस्