६ सय रुपैयाँ बढ्याे सुनकाे मूल्य

File photo
File photo

सोमबार छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ। आइतबार पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तालाको १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ८ सय रुपैयाँ निर्धारण भएको थियो।

यसैगरी, सोमबार चाँदीको मूल्यमा पनि तोलाको १० रुपैयाँले बढेर १३ सय ९० रुपैयाँ कायम भएको छ। आइतबार चाँदीको तोलाको १३ सय ८० रुपैयाँ  थियो।
गत वर्षको फागुन २५ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। सोहि दिन सुन प्रतितोला एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2023-01-09 11:46:00

प्रतिकृया दिनुहोस्