प्रि-ओपन सेसनमा नेप्से ५ अंकले उकालो

प्रि-ओपन सेसनमा आइतबार नेप्से सूचक ५ अंकले उकालो लागेको छ। यससँगै सूचक २१४८.९३ विन्दुमा आएको छ।

३५ कम्पनीको कुल १० हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको र ७३ लाख १६ हजार ७३६ रुपैयाँको सेयर कारोबार भएको छ। 

यो सेसनमा कुल २९ कम्पनीमा उकलो लागेको छ भने ५ कम्पनी घटेको छ। साथै एक कम्पनी स्थिर छ। 

यता, १३ उपसूचकहरू मध्ये ७ कम्पनीमा वृद्धि भएको छ। दुई कम्पनीमा ओरालो लागेको छ। बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन। 

प्रकाशित मिति: : 2023-01-08 13:32:00

प्रतिकृया दिनुहोस्