१ हजार रुपैयाँले बढ्यो सुनको मूल्य

सुनको मूल्यमा एकैदिन आइतबार एक हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ३००  रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ८०० रुपैयाँ निर्धारण भएको छ। शुक्रबार, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो।

आइतबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर बढेको छ। चाँदी तोलाको १३ सय ८० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार चाँदी तोलाको १३ सय ६५ रुपैयाँ कायम रहेको थियो। 
 

प्रकाशित मिति: : 2023-01-08 11:46:00

प्रतिकृया दिनुहोस्