चिसोबाट बच्न यसो गरौँ ! 

Herzindagi.com
Herzindagi.com

अक्सर, मानिसलाई चिसो लागेपछि हाच्छु आउने गर्दछ भने कसैलाइै सामान्य अवस्थामा पनि हाच्छु हुन्छ। तर बारम्बार हाच्छु आउनु कुनै समस्याको संकेत हुन सक्छ। हाच्छु आउनुको धेरै कारण हुन सक्छ, माटो–धुलो, मसालेदार खाना, रुघा–मर्गीर एलर्जी। यदी तपाईं पनि बारम्बार हाच्छु आएर हैरान हुनुहुन्छ भने घरेलु उपाय अपनाउनु सक्नुहुनेछ। त्यसैले आउनुहोस् चर्चा गरौँ ती उपायहरुबारे–

यदी तपाईं बारम्बार हाच्छु आएर हैरान हुनुहुन्छ भने डाइटमा भिटामिन–सी युक्त चिज मिसाउने गर्नुहोस्। सुन्तला, कागति, अमला, बिवी आदी नियमित सेवन गर्नाले हाच्छु आउनुबाट बच्न सकिन्छ। 

तुलसीमा एन्टीसेप्टिक र एन्टीब्यक्टीरियल गुण पाइन्छ। जसले शरीरको कयौँ संक्रमणलाई बचाउँदछ। यसका लागि तुलसीको पातलाई पानीमा उमाल्नुहोस्। जब यो उम्लिन थाल्छ तब यसको सेवन गर्न सकिन्छ। यसले हाच्छु आउनबाट बचाउँछ। 

यदी तपाईं हाच्छु आउने समस्याबाट मुक्ति पाउन चाहनुहुन्छ भने सौफको चीया पिउने गर्नुहोस्। यसलाई बनाउनका लागि एक–दुई चम्ची सौफ चीया हाल्नुहोस्। अनि पिउनुहोस्।

बाफ लिनाले पनि हाच्छुलाई रोक्न सकिन्छ। जसका लागि एक भाँडोमा पानी उमाल्नुहोस् त्यसपछि टेबलमा राखेर बाफ लिनुहोस्। यस्तो गर्नाले रुघामर्गी जस्ता समस्याहरुबाट छुटकारा पाउन सकिनेछ। 

प्रकाशित मिति: : 2023-01-06 18:20:00

प्रतिकृया दिनुहोस्