बढ्याे सुनकाे मूल्य, कति पुग्याे ताेलाकाे? 

फाइल तस्बिर
फाइल तस्बिर

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनकाे मूल्य प्रतितोलामा २०० रुपैयाँले बढेको जनाएकाे छ। जसअनुसार छापावाल सुन तोलाको १ लाख ३ हजार १०० रुपैयाँ पुगेकाे छ। 

अघिल्लो दिन बुधबार छापावाल सुन तोलाको १ लाख २ हजार ९००  रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ६०० रुपैयाँ रहेकाे महासंघले जनाएकाे छ। बुधबार तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ४००  रुपैयाँ निर्धारण भएको थियो। 

बिहीबार चाँदीकाे मूल्य तोलामा १५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदीको मूल्य १४ सय रुपैयाँ कायम रहेको थियो। 

प्रकाशित मिति: : 2023-01-05 11:58:00

प्रतिकृया दिनुहोस्