यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरमा सामान्य परिर्वतन भएको छ।

अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १८ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७८ पैसा तोकिएको छ। शुक्रबार भने अमेरिकी डलर खरिददर १३२ रुपैयाँ २२ पैसा र बिक्रीमा १३२ रुपैयाँ ८८ पैसा कारोबार भएको थियो। 

यस्तै, युरोपियन युरो एकको खरिद १४० रुपैयाँ ७६ पैसा र बिक्रीमा १४१ रुपैयाँ ७८ पैसा तोकिएको छ। अघिल्लो दिनको यसको खरिदर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ३७ पैसामा कारोबार भएको थियो। 

यता, आज अष्ट्रेलियन डलर ६९ पैसाले लोरालो लागी यसको खरिदमूल्य ८८ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ २६ पैसामा कारोबार भैरहेको छ। 
त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १५ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३१ पैसा तोकिएको छ।

यता, कतारी रियालको खरिदमा ३६ रुपैयाँ १७ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३४ पैसा र  मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ २ पैसा रहेको छ। 

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ४४ पैसा र बिक्रीमा १० रुपैयाँ ४९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १७ रुपैयाँ ३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५७ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ५२ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५२ रुपैयाँ १८ पैसा नेपाल राष्ट्र बैंकले जनाएकाे छ। 
 

प्रकाशित मिति: : 2022-12-30 13:03:00

प्रतिकृया दिनुहोस्