सुनकाे मूल्य ४०० रुपैयाँले बढ्यो

बुधबार सुनको मूल्य प्रतितोलामा ४०० रुपैयाँले बढेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १ हजार १०० रुपैयाँ कायम भएको छ।

यसअघि, मंगलबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ७ सय रुपैयाँ कायम भएको थियो।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६०० रुपैयाँ निर्धारण भएको छ। अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख २०० रुपैयाँ निर्धारण भएको थियो।

 त्यसैगरी,  बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय रुपैयाँ कायम रहेको छ।
 

प्रकाशित मिति: : 2022-12-28 13:01:00

प्रतिकृया दिनुहोस्