सुनको मूल्य ८०० रुपैयाँले बढ्यो

सुनको मूल्य नेपाली बजारमा मंगलबार प्रतितोला ८०० रुपैयाँले बढेको छ। बढेसँगै प्रतितोला एक लाख एक हजार २०० रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। 

मंगलबार प्रतितोला एक लाख ४०० रुपैयाँमा नेपाली बजारमा कारोबार भएको थियो। 

यस्तै, महासंघले सार्वजनिक गरेको विवरणआनुसार बुधबार तेजावी सुनको मूल्यपनि एक लाख ७०० रुपैयाँ पुगेको छ। बुधबार चाँदी प्रतितोला २५ रुपैयाँले उकालो लागेर एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति: : 2022-12-21 13:15:00

प्रतिकृया दिनुहोस्