साताको दोस्राे कारोबार दिन सोमबार नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ। लगातार घटिरहेकाे सेयर बजार आज उकालो लागेको हाे।
नेप्से परिसूचक ३.८३ अंकले उकालो लागि १८५८.८९ बिन्दुमा पुगेर रोकिएको छ। आइतबार सेयर बजार २७.५४ अंकले घटेको थियो।
आज २५१ कम्पनीको सेयर कारोबार हुँदा २६ लाख ९९ हजार ३३१ कित्ता सेयर किनबेच भएको र आज ८८ करोड रुपैयाँ ६० लाखभन्दा बढीको सेयर किनबेच भएको छ।
यस्तै, प्राइम बैंकको सेयर सर्वाधिक कारोबार भएको छ। बैंकको ६ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। फोरवर्ड माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको ५ करोड ९४ लाख बराबरको कारोबार भएको छ।
धौलागिरी लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत र खप्तड लघुवित्त वित्तिय संस्थाको करिब ६ प्रतिशतले मूल्य वृद्धि भएको छ।
आज १३ वटा उपसुचकहरूमा ४ कम्पनीमा ओरालो लागेको र बाँकी सबै कम्पनीको मूल्यमा वृद्धि भएकाे छ। सबैभन्दा धेरै अन्य इन्डेक्समा करिब २ प्रतिशतले वृद्धि भएको नेप्सेले जानाएको छ।