घट्यो पेट्रोलियम पदार्थको मूल्य

फाइल तस्बिर
फाइल तस्बिर

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ घटाएको निगमले जनाएको छ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल।मटितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ।

त्यसैगरी एलपी ग्यास र हवाइ इन्धनको खुद्रा मूल्य भने यथावत नै राखिएको निगमले जनाएको छ।

प्रकाशित मिति: : 2022-12-16 20:32:00

प्रतिकृया दिनुहोस्