फाष्टफुड व्यापारमा आक्रामक बन्दै भ्याली ग्रुप, भ्याली एक्सप्रेसको सातौँ चेन पुल्चोकमा

भ्याली ग्रुपको भगिनी संस्था भ्याली एक्सप्रेसले पुल्चोक, सम्झिखेलमा सातौँ आउटलेट खोलेको छ। एक्सप्रेसले बुधबार सातौँ आउटलेटकाे सुरुवात गरेकाे हाे।

सुपथ मुल्यमा गुणस्तरीय मासुजन्य व्यापारको उद्देश्यले वि.सं. २०४१ मा स्थापित भ्याली ग्रुप ३१ वर्षपछि फाष्टफुडको व्यापारमा प्रवेश गर्दै पहिलो आउटलेट चितवनमा खोलेको थियो।

प्रारम्भमा मासुजन्य व्यापारको उद्देश्यले स्थापना भएको प्रा.लि.ले ३७ वर्षको दौरानमा मासु प्रशोधनसँगै आधुनिक दाना उद्योग र आधुनिक ह्याचरी उद्योगसमेत गरी पोल्ट्री व्यवसायलाई एकीकृत रुपमा सञ्चालन गर्दै चेन रेष्टुरेन्टमा प्रवेश गरेको थियो।

उपभोक्तालाई सुपथ मुल्यमा स्वस्थ मासु उपलव्ध गराउँदै आएको भ्याली ग्रुप अन्तर्राष्ट्रिय मापदण्ड कायम गर्दै सहरी उपभोक्तालाई सुपथ मुल्यमा गुणस्तरीय, स्वस्थकर र स्वादिलो तयारी खाना उपलब्ध गराउने उद्देश्य लिएर भ्याली एक्सप्रेसको ब्रान्डमा फाष्टफुड चेन रेष्टुरेन्टको क्षेत्रमा ६ वर्षअघि प्रवेश गरेको थियो।

चितवनमा परीक्षणका रुपमा ७ वर्षअगाडि सुरु भएको भ्याली एक्सप्रेप्रति उपभोक्ताहरुको उत्साहजनक प्रतिक्रिया पाएपछि काठमाडौं उपत्यकामा प्रवेश गरेका थियाे। बालाजु, नयाँ बजारमा आफ्नै परिसरमा दोश्रो शाखाको स्थापना गरी बजारीकरण सुरु गरेको एक्सप्रेसले सातौँ शाखा पुल्चोकमा खोलेको हो।

भ्याली एक्सप्रेसमा अन्तर्राष्ट्रिय चेन रेष्टुरेन्टले उपयोग गरिरहेका प्रविधिको प्रयोग गरी ग्रिल्ड चिकेन, चिकेन वर्गर, फ्राइड चिकेन, ससेज मिल, चिकेन पपकर्न लगायतका स्वादिष्ट परिकार उपभोक्तालाई पस्किइ सन्तुष्ट बनाउने लक्ष्य रोखको निर्देशक बाबुराजा रावलले बताए।

‘नेपालमा उत्पादन बढाइ रोजगारको अवसर निर्माण गर्ने र सुपथ मुल्यमा स्वस्थकर मासुजन्य सामाग्री उत्पादन गर्ने हाम्रो लक्ष्य हो,’ रावलले भने।

भ्याली ग्रुपमा अहिले मासुजन्य व्यापारसँग सम्वन्धित मुलुकका विभिन्न स्थानमा कोल्ड स्टोर, फिड इण्डष्ट्रीहरु, ह्याचरी उद्योगहरु, आधुनिक वधशाला र फाष्ट फुड चेनहरु सञ्चालनमा छन्।

प्रकाशित मिति: : 2022-12-14 17:48:00

प्रतिकृया दिनुहोस्