युएईमा राजदूत ढकालसँग राजेशकाे भेट, इसेवा मनी ट्रान्सफरको अभियानबारे छलफल

इसेवा मनी ट्रान्सफर र युएईस्थित अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनी लुलु एक्सचेन्जको निम्तोमा युएई पुगेका राजेश हमालले युएईका लागि नेपालका राजदूत कृष्णप्रसाद ढकालसँग भेटवार्ता गरेका छन्।

हमालले राजदूत ढकालसँग इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश अभियान’को अवधारणा र अभियानमा आफ्नो भूमिकाबारे जानकारी गराएका थिए। साथै, हमाल र राजदूत ढकालबीच वैधानिक रुपमा बैंक खाता र मोबाइल वालेटमा पठाइने डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्धन गर्ने बिषयमा समेत छलफल भएको थियो।

इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश अभियान’ अभियानको पूर्ण सफलताको कामना गर्दै राजदूत ढकालले वैधानिक रेमिट्यान्सलाई बढवा दिने अभियानमा आफ्नोतर्फबाट पूर्ण साथ रहने प्रतिवद्धता व्यक्त गरे।

हमालले दुबई र अबुधावी सहरमा रहेका लुलु एक्सचेन्जका विभिन्न शाखा तथा वैदेशिक रोजगारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरु बस्ने क्याम्पमा गएर इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानबारे जानकारी दिनुका साथै विदेशबाट वैधानिक माध्यमबाट सोझै नेपालका बैंक खाता र इसेवा वालेटमा पैसा पठाउनुका सहजता र फाइदाबारे अवगत गराएका थिए।

हमाल ब्राण्ड एम्बेसेडरको रुपमा इसेवा मनी ट्रान्सफरसंग आवद्ध रहेका छन् र सक्रिय रुपमा देश तथा विदेशमा ‘मेरो डिजिटल देश’ अभियानको प्रवर्धनमा क्रियासिल रहेका छन्।

के हो इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान ?

मेरो डिजिटल देश अभियान देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको साझा अभियान हो। देशबाट डिजिटल र बैधानिक माध्यमबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपालमा पाउने व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा भित्राउँदै देशको अर्थतन्त्र सुदृधिकरणमा मद्दत पुर्‍याउने र डिजिटल माध्यमबाट रेमिट्यान्स पठाउँदा हुने सहजताको प्रचारप्रसार गर्दै रेमिट्यान्स पठाउँने र पाउने शैलीलाई पूर्णत डिजिटाइज गर्न मद्दत पुर्‍याउने नै यस अभियानको मुख्य उद्देश्य रहेको छ।

कसरी सहभागी बन्ने यस अभियानमा ?

विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत् नेपालमा पाउने व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाएर योजनामा सहभागी हुन सकिनेछ। साथै, विदेशबाट आएको नगद रेमिट्यान्स इसेवा वालेटमा प्राप्त गरेर पनि यस अभियानमा सहभागी हुन सकिने छ।

के पाइन्छ यस अभियानमा सहभागी बने बापत ?

यस अभियान अन्तर्गतको योजनामा सहभागी बने वापत महिनैपिच्छे ६ महिनाको अवधिसम्म १ जनाले गिफ्ट प्याकेज पाउने छन् भने १ जनाले योजनाको अन्त्यमा काठमाडौँमा सपनाको घर जित्न सक्नेछन्।

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाखभन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ। इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्टमार्फत् पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ।

सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाखभन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो।

प्रकाशित मिति: : 2022-11-30 12:35:00

प्रतिकृया दिनुहोस्