बिएल संवाददाता
कैलाली घोडाघोडीमा घोरीघोरा लवाङ्गी पूजा तथा थारू सांस्कृतिक महोत्सव २०७९ सुरु भएको छ।
घोडाघोडी तथा संस्कृति संरक्षण समाजको आयोजनामा ‘थारु भाषा, कला, धर्म, संस्कृति के गरी सम्मान, घोरीघोरा धार्मिक पर्यटकीय क्षेत्र हे चिनाइ ना हमार अभियान’ भन्ने मूल नाराका साथ घोडाघोडी मन्दिर परिसरमा महोत्सव सुरु भएको हो।
शनिबार कैलाली निर्वाचन क्षेत्र नं ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले घोरीघोरा लवाङ्गी पूजा तथा सांस्कृतिक महोत्सव शुभारम्भ गरेका गरे। कार्यक्रममा कैलाली –३ प्रदेशसभा (२)का नवनिर्वाचित सदस्य खुसीराम डगौंरा, नगरप्रमुख खडकबहादुर रावत, उपप्रमुख गुलियाकुमारी चौधरी, जनप्रतिनिधि, राजनीतिक दलका नेतालगायत विभिन्न व्यक्तिको सहभागिता रहेको थियो।
उक्त महोत्सव यही मङ्सिर १० गतेदेखि १२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सवमा तालको पर्यटकीय क्षेत्रमा उन्नति, थारू परम्परा, कला, संस्कृति प्रवद्र्धन, सांस्कृतिक जगेर्ना र धार्मिक क्षेत्रमा टेवा पुग्ने उद्देश्यका साथ महोत्सव सुरु भएको हो।
कार्यक्रममा लवाङ्गी पूजा तथा घोरीघोरा महोत्सवमा विशेषगरी थारू समुदायको पुरानो गुरुवाहरुद्वारा नाचिने बडका नाच, महिलाद्वारा सामूहिक नाचिने सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच, धमार, मांगरका साथै थारू समुदायको स्थानीय प्रतिभाको संरक्षण संवद्र्धनका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आफ्नो समुदायको पहिचानलाई चिनाउनका लागि विभिन्न प्रस्तुति प्रस्तुत गरिएको थियो।
महोत्सवमा थारू संस्कृतिका व्यावसायिक सामग्रीको प्रदर्शनी, स्थानीय गाउँ–गाउँको झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, थारू जनजाति तथा आदिवासी समुदायको रहनसहन वेषभूषाका साथै विभिन्न थारू नाचको प्रस्तुति रहने आयोजक संस्था घोडाघोडी तथा संस्कृति संरक्षण समाजले जनाएको छ।
थारू समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वकालदेखि गर्दै आएको बताइन्छ। अन्नबाली घर भित्र्याइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनुपर्ने मान्यतासहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ।
पछिल्लो एक दशकदेखि यहाँ महोत्सवको आयोजना गरी लवाङ्गी पूजा मनाउने गरिन्छ। लवाङ्गी पूजाको अन्तिम दिन जीवनरक्षाका लागि थारू रीतिअनुसार सामूहिकरूपमा घोडाघोडी मन्दिरमा बलि चढाएर मात्र नयाँ अन्न खाने प्रचलन थारू समुदायमा अहिलेसम्म चलिआएको छ।
थारू समुदायले घोडाघोडी मन्दिरलाई घोरीघोरा (घोडाघोडी)मन्दिर भन्ने गर्दछन्। यहाँ कैलाली, कञ्चनपुर, दाङबाट भक्तजन आउने गर्छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया