कासाकाे ‘काठमाडौँ फेशन गाला’ सम्पन्न

BreaknLinks
BreaknLinks

कपडाको लोकप्रिय नेपाली बाण्ड ‘कासा’ले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा रेड कार्पेट इभेन्ट ‘काठमाडौँ फ्यासन गाला’ सम्पन्न गरेकाे छ। ‘कासा’ले शनिबारबाबर महल रिभिजिटेडमा कार्यक्रम सम्पन्न गरेकाे हाे।

नेपालमा पहिलाे पटक रेड कार्पेट इन्भेटकाे आयाेजना गरेकाे हाे। कार्यक्रममा बिबिसी मास्टर सेफ सन्तोष शाह, मिस नेपाल, नायक, नायिका, गायक, गायिकालगायतका कलाकार, फेसन डिजाइनर, मेकअप चर्चित व्यक्तिहरुको उपस्थिति रहेको थियो।

रेड कार्पेट इभेन्टमा १४ जना सेलिब्रेटी तथा मिस नेपाल वर्ल्ड, डाक्टर, मिस युनिभर्स नेपाललगायतका पर्सनालिटिले वाक गरेका थिए। कार्यक्रममा सहभागी एक अर्काले खुसी साटेका थिए।

‘फेसन ग्लामर मात्रै होइन् यो विजनेश पनि हो। फेसन उद्योग विश्वकै दोस्रो ठूलो उद्योग पनि हो। तर, नेपालमा यस उद्योगको खासै विकास हुन् नसकेको अवस्थामा हामीले काठमाडौं फ्यासन गाला आयोजना गरेका हौं,’ कासाकी सञ्चालक रमिला नेमकुल भनिन्, ‘यस किसिमको कार्यक्रमले फेसन डिजाइनिङ क्षेत्र र यससँग सम्बन्धी अन्य क्षेत्रका सबै व्यक्तिहरुलाई एकआपसमा भेटघाट र चिनजान गर्ने अवसर पनि प्रदान गर्छ।’

त्यस्तै रमिलाका श्रीमानसमेत रहेका अर्का सञ्चालक पंकज गुप्ताले नेपालमा यसरी काम गर्न पाउँदा सारै खुसी लागेकाे बताए।

चार वर्षअघि स्थापना भएको कासा ब्राण्ड विश्वका थुप्रै मुलुकमा निर्यात हुँदै आएको छ।

लामो समयदेखि फेसन डिजाइनरका रुपमा कार्यरत रमिला नेमकुलले विश्वको सबैभन्दा अग्लो स्थानमा ‘माउण्ट एभरेष्ट फेशन रनवे’ सम्पन्न गरी दुई पटक गिनिज वल्र्ल्ड रेकर्डमा नाम लेखाउन सफल भइसकेकी छिन्।

त्यस्तै कासाले दि एभरेष्ट शाे– २०२३ काे पनि घाेषणा गरेकाे छ।

कासाको मुख्य शाखा पाटन ढोकामा रहेको छ भने नयाँ आउटलेट दरबारमार्गमा पनि सञ्चालनमा छ।

प्रकाशित मिति: : 2022-11-26 22:38:00

प्रतिकृया दिनुहोस्