जर्मनीले मालीबाट आफ्ना शान्ति सैनिक फिर्ता गर्ने

GOOGLE
GOOGLE

जर्मनीले मालीबाट आफ्ना शान्ति सैनिकहरु फिर्ता गर्ने भएको छ।

आगामी सन् २०२४ को मे  महिनादेखि आफ्ना सेना फिर्ता गर्ने भएको जानकारी गराएको हो। संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले बुधबार उक्त कुरा जानकारी गराएका हुन्। उनले जर्मनीले आफ्ना सेना फिर्ता गर्न लागेकामा धन्यवाद पनि दिएका छन्।

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसका उपप्रवक्ता फराह हकले बुधबार जर्मन सरकारले यसअघि मालीमा जारी रहेको संयुक्त राष्ट्रसङ्घीय मिसनमा जर्मन सरकारले शान्ति सैनिक सहयोग गरेकोमा पनि धन्यवाद दिएका हुन्।

मालीबाट विभिन्न देशले आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गरिरहेका छन्। जर्मन यसरी आफ्ना सेना फिर्ता गर्ने पछिल्लो देश बनेको पनि उपप्रवक्ता हकले जानकारी दिए।

मालीमा जारी आन्तरिक युद्धका कारण यहाँका नागरिकको सुरक्षार्थ संयुक्त राष्ट्रसङ्घीय मिसन, मिनुस्मा जारी रहेको छ। यस मिसनमा विश्वमा विभिन्न देशले आफ्ना सेना सहयोग गरेका थिए।

प्रकाशित मिति: : 2022-11-24 16:56:00

प्रतिकृया दिनुहोस्