उपकार लघुवित्तको यस्तो छ वित्तीय अवस्था

File Photo
File Photo

उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ।

यस अवधिसम्म आइपुग्दा यसले ४२ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको यसैअवधिको भन्दा ३.८९ प्रतिशतले धेरै हो।

गत वर्षको यही अवधिमा संस्थाले ४१ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। संस्थाले ८६ करोड ७४ लाख रुपैयाँ सापट लिएर दुई अर्ब १८ करोड ९९ लाख रुपैयाँ कर्जा विस्तार गरेको छ।

यस अवधिसम्म यसले एक अर्ब पाँच करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरेको छ। असोज मसान्तसम्म सञ्चालन नाफा बढेर ५६ लाख ६३ हजार रुपैयाँ पुगेको छ।

गत वर्ष उक्त नाफा तीन करोड ४३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो। त्यस्तै, खुद ब्याज आम्दानी पनि १५.४९ प्रतिशतले बढेर ३ करोड ५५ लाख रुपैयाँ पुगेको छ। लघुवित्तले ११ लाख रुपैयाँ राइट ब्याक पनि गरेको छ।

हाल उपकारको चुक्ता पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ छ। जगेडा कोषमा १७ करोड ६२ लाख रुपैयाँ जम्मा भएको छ। असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ५५ पैसा कायम भएको छ। संस्थाको प्रतिसेयर नेटवर्थ ३५८ रुपैयाँ ७० पैसा छ। यसको निष्कृय कर्जा अनुपात घटेर २.७९ प्रतिशत पुगेको छ।

प्रकाशित मिति: : 2022-11-09 13:56:00

प्रतिकृया दिनुहोस्