सेयर बजार ६.४३ अंकले घट्यो 

File photo
File photo

सेयर बजार परिसूचक नेप्से ६.४३ अंकले घटेर एक हजार ९५८.९४ विन्दुमा झरेको छ। आइतबार ४३ अंकभन्दा धेरैले बढेको नेप्से साेमबार भने घटेको हो।

साेमबार निर्जीवन बीमा, उत्पादन, विकास बैंक र माइक्रोफाइनान्स समूहको सेयर उच्च अंकले घटेको छ। कारोबार रकम भने बढेको छ।

दुई सय २४ वटा कम्पनीकाे ४९ लाख ४४ हजार कित्ता सेयर दुई अर्ब १० करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै जाल्पा लघुवित्तको १५ करोड १६ लाख  रुपैयाँको शेयर किनबेच भयो।

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रोफाइनान्सको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ। समग्रमा बजार घटे पनि धौलागिरि लघुवित्त वित्तीय संस्थाको सेयर आठ प्रतिशतभन्दा धेरैले बढेको छ।

प्रकाशित मिति: : 2022-11-07 16:06:00

प्रतिकृया दिनुहोस्