सेल्फी लिने बहानामा गर्भवती पत्नीलाई भिरबाट खसाल्ने पतिलाई जन्मकैद

File photo
File photo

टर्कीमा आफ्नी गर्भवती श्रीमतीसँग सेल्फी खिचेको केही समयपछि उनलाई भीरबाट खसालेका एक पुरुषलाई अदालतले जन्मकैदको सजाय सुनाएको छ। 

सन् २०१८ को जुनमा टर्कीको मुग्ला प्रान्तको बटरफ्लाइ भ्यालीमा सेमरा आयसललाई उनका श्रीमान् हाकान आयसलले १ हजार फिट अग्लो भीरबाट धकेलिदिएका थिए। 

अदालतमा पेस गरिएको प्रमाणअनुसार हाकानले जीवन बीमा पोलिसी जुटाउनको लागि सात महिनाकी गर्भवती श्रीमतीको हत्या गरेका थिए।

हाकान आयसलले उचाइदेखि डराएकी आफ्नी श्रीमतीलाई सेल्फी खिच्ने बहानामा ३०४ मिटर अग्लो भीरको छेउमा लगेर धकेलिदिएका थिए। 

ती व्यक्तिले डरलाग्दो षड्यन्त्र गरेको र त्यसवापत पत्नीको तर्फबाट २५ हजार डलरको जीवन बीमा लिएको अदालतको एक फैसलामा उल्लेख छ। उनको मृत्युपछि ती व्यक्तिले तुरुन्तै बीमा दाबी गरेको न्युयोर्क पोस्टले जनाएको छ।

उनकी श्रीमतीको मृत्युपछि उनको पोलिसीको  एक मात्र लाभार्थी आयसलले उनको तर्फबाट जीवन बीमाको लागि आवेदन दिएका थिए। तर, प्रहरीले सेमराको मृत्युबारे अनुसन्धान घोषणा गर्दा निवेदन खारेज गरेको थियो।

प्रकाशित मिति: : 2022-11-06 13:54:00

प्रतिकृया दिनुहोस्