सेयर बजार ५६.११ अंकले वृद्धि

file photo
file photo

सेयर बजार मंगलबार पनि उकालो लागेको छ।

सोमबार १६.३९ अंकले बढेको सेयर बजारमंगलबार पनि सुधारिँदै ५६.११ अंकले वृद्धि भएको हो।मंगलबार नेप्से परिसूचकमा ५६.११ अंकले बढेर १९३०.९९ विन्दुमा पुगेर रोकिएको छ।

क वर्गको सेन्सेटिभ इन्डेक्स मा ३ प्रतिशतले वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ११.२८ अंकले बढेर ३८२।१४ विन्दुमा पुगेको हो। साथै,  १८६ कम्पनीको कारोबार भएको छ, जस्मा १८१ कम्पनीको मूल्य बढ्दा जम्मा ३ कम्पनीको मूल्य घटेको छ र २ कम्पनी  स्थिर रहेको छ।

कूल १८६ वटा कम्पनीमा ३९ लाख ७१ हजार ५९४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब २९ करोड ६ लाख ६५ हजार ६४२ रूपैयाँ बराबरको कारोबार भएको छ । सबै कम्पनीहरूमा वृद्धि भएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा १८२।३४ अंकले वृद्धि भएको हो।

साथै, जीवन बिमा १७३.३८,  होटल तथा पर्यटन ५४.७६,  बैकिङ २९.५४, फाइनान्समा ८१.७, हाइड्रो पावरमा ८३.७३, माइक्रो फाइनान्समा ९१.९७ र अन्य ७०.१ ले वृद्धि भएको छ।

न्यादी हाईड्रो पावरको सेयर मूल्य २६.२० र यूनिभर्सल पावर कम्पनी १८.०० ले बढेको छ। एनआईसी एसिया बैंकको ६ करोड ६५ लाख ६० हजार बढिको कारोबार भएको छ भने नविल बैंकको ५ करोड ९२ लाख ७० हजारको कारोबार भएको छ।

प्रकाशित मिति: : 2022-11-01 15:58:00

प्रतिकृया दिनुहोस्