सुनचाँदीको मूल्य बढ्यो

File photo
File photo

सुन र चाँदीको मूल्य बढेको छ। सुनचाँदीको मूल्य मंगलबार बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार सुनको मूल्य तोलामा एक सय र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मूल्य ९३ हजार १००, तेजावी सुनको मूल्य ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

चाँदीको मूल्य १२ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ।

सोमबार छापावाल सुनको मूल्य ९३ हजार र चाँदीको मूल्य १२ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

प्रकाशित मिति: : 2022-11-01 12:46:00

प्रतिकृया दिनुहोस्