साेमबार सेयर बजार १६.३९ अंकले वृद्धि

File photo
File photo

साताको दोश्रो तथा काराेबारकाे पहिलाे दिन साेमबार सेयर बजार १६.३९ अंकले वृद्धि भएकाे छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ।

क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ। सेन्सेटिभ इन्डेक्सको ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा पुगेको हो। १८५ कम्पनीको कारोबार हुँदा ११० कम्पनीको मूल्य बढेकाे छ भने ६५ कम्पनीको मूल्य घटेको छ। साथै १० कम्पनी स्थिर रहे।  

१८५ वटा कम्पनीका २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार ६११ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। 

डेभल्पमेन्ट बैंकबाहेक सबै कम्पनीहरूमा उकालाे लागेको छ। जीवन बिमा २५.४१, होटल तथा पर्यटन ४२.४८, निर्जीवन बिमा २३.५५, बैकिङ २०.०९, फाइनान्समा १२.६४, हाईड्रो पावरमा १.९७, ट्रेडिङ २०.१, माईक्रो फाइनान्समा १४.०८ र म्युचुअल फण्डमा ०.१, अन्य २०.७५ ले वृद्धि भएको छ। 

त्यसैगरी, सयपत्री हाइड्रो पावरको सेयर मूल्य २८.५० र नेपाल एस.वि.आई बैंककाे २२.०० ले बढेको छ। एन.आई.सि.एसिया बैंकको ६ करोड १७ लाख २१ हजार बढिको कारोबार भएकाे छ भने एभरेष्ट बैंकको ४ करोड ३९ लाख १७ हजार ७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे छ।

प्रकाशित मिति: : 2022-10-31 16:03:00

प्रतिकृया दिनुहोस्