नेपालमा थप १४ जनामा कोरोना पुष्टि

file photo
file photo

पछिल्लो २४ घण्टामा नेपालमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

कुल ९ सय २४ जनाको परीक्षण गर्दा नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ र एन्टिजेन विधिबाट २ जना गरी कुल १४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या शून्य छ। आज २९ जना संक्रमण मुक्तहुँदा देशभरमा सक्रिय संक्रमितको संख्या ६ सय ५ मा रहेको छ।


 

प्रकाशित मिति: : 2022-10-28 17:37:00

प्रतिकृया दिनुहोस्