गरिमा क्यापिटलले २५ कात्तिकमा वार्षिक साधारणसभा बोलाएको छ।
कम्पनीको ११ असोजमा बसेको सञ्चालक समितिको बैठकले साधार सभा बस्ने निर्णय गरेको हो।
सभा होटेल पबेरा हेरिटेज बुटिक, बूढानीलकण्ठ, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ। सभामा कम्पनीले अधिकृत पुँजी वृद्धि गरी ३५ करोड रुपैयाँ पुर्याउने प्रस्ताव पेस गर्नेछ।
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ। त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ।