लिक्वुइडमा सलोन र आमेशको लाइभ म्युजिक

आगामी ६ कात्तिक साँझ दरबारमार्गस्थित लिक्वुइड लन्जमा ‘लिक्वुइड तिहार हंगामा विथ सलोन एन्ड आमेश लाइभ म्युजिक’ नामक कार्यक्रम हुने भएको छ। नजिकिँदो तिहारलाई लक्षित गर्दै कार्यक्रम हुन लागेको हो।

कार्यक्रममा अभिनेताद्वय सलोन बस्नेत र आमेश भण्डारीले गीत गाएर दर्शक झुमाउने छन्। कार्यक्रम सलोन र आमेशका अलावा एफटी लिक्वुइड ब्यान्डले पनि आफ्नो प्रस्तुति दिने छ।

सलोन र आमेषले तिहार हंगामामा आफूहरूलाई धेरैभन्दा धेरै दर्शकका साथ मिल्ने विश्वास व्यक्त गरे। आफूहरू अहिले गायनको अभ्यास गरिरहेको भन्दा पत्रकार सम्मेलनमै गीत गाएर सुनाएका थिए। कार्यक्रम आयोजक सञ्जीव लामाले राति ९ बजेबाट आयोजना हुने कार्यक्रम निकै रमाइलो र भव्य हुने जानकारी दिए।

प्रकाशित मिति: : 2022-10-20 15:34:00

प्रतिकृया दिनुहोस्