जापानले बनायो विश्वकै पहिलो उड्ने माेटरसाइकल (भिडियाे)

जापानकाे एक स्टार्ट-अप कम्पनीले उच्चगतिमा उड्ने मोटरसाइकल बनाएकाे छ।

बिहीबार ‘डेट्रोइट अटो शो’मा विश्वको पहिलो उड्ने बाइक प्रदर्शन गरिएको युरो न्युजले जनाएको छ। उसका अनुसार ‘एक्सटुरिज्मो होवरवाईक’ नामक उक्त माेटरसाइकल ४० मिनेट उडान गर्न सक्छ र १‍‍०० किलोमिटर प्रतिघण्टा गतिमा गुड्न सक्छ।

यस होभरिङ माेटरसाइकल जापानमा पहिले नै बिक्रीमा राखिएको छ। भने, अमेरिकामा सानो संस्करण सन् २०२३ मा ७ लाख ७७ हजार अमेरिकी डलरमा उपलब्ध हुने जनाइएको छ।

कम्पनीले २०२५ सम्ममा मात्र ५० हजार डलर मूल्यमा सानो इलेक्ट्रिक मोडेल बनाउन खोजिरहेको छ, जुन छोटो अवधिको लागि भएपनि वास्तवमा उडान गर्नको लागि एकदम राम्रो हुनेछ।

याे माेटरसाइकलले कसरी काम गर्छ ?

यसले २ सय २८ हर्स पावर ग्यास-संचालित कावासाकी मोटरसाइकल प्रदर्शन इन्जिनद्वारा संचालित दुई ठुला केन्द्रीय रोटरहरू प्रयोग गर्दछ। स्थिरताका लागि गाडीको बाहिरी किनारामा चार वटा साना विद्युतीय समर्थन रोटरहरू पनि राखिएका छन्।

प्रकाशित मिति: : 2022-10-18 17:31:00

प्रतिकृया दिनुहोस्