नेप्सेमा ९.६९ अंकको गिरावट

File photo
File photo

सेयर बजारमा आइतबार पुनः गिरावट आएको छ।

यसअघिका दुई कारोबार दिनमा सुधारोन्मुख देखिएको नेप्से सूचक आइतबार पुनः ९.६९ अंकले घटेको हो। यद्यपि १७ अंकभन्दा बढीले घटिसकेको नेप्सेले अन्तिम प्रहरमा भने केही रिकभर गरेको हो।

अन्तिम १० मिनेटमा बजार बाउन्स ब्याक हुँदै आइतबार नेप्से सूचक १८६०.९४ विन्दुमा बन्द भएको छ। यस दिन ८० करोड ३२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ।

आइतबार २२१ कम्पनीको २५ लाख ७४ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। बैंकिङ र उत्पादनमूलक समूहको सूचकमा सुधार भएकोे छ भने बाँकी सबै समूहका सूचक घटेका छन्।

आठ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एभरेष्ट बैंक अग्रस्थानमा छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः गरिमा विकास बैंक र हिमालयन डिस्टिलरी परेका छन्।

प्रकाशित मिति: : 2022-10-16 17:49:00

प्रतिकृया दिनुहोस्