थप ५२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांकअनुसार १७ सय ६३ जनाको नमुना परीक्षण गर्दा ५२ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै, मन्त्रालयका अनुसार हाल नेपालमा ६ सय ६७ जना संक्रिय कोरोना संक्रमित छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको उपचार गराइरहेकामध्ये १६ जना डिस्चार्ज भएको मन्त्रालयले जनाको छ। नेपालहा कोरोना संक्रमणका कारण हालसम्म १२ हजार १८ जनाले ज्यान गुमाएको मन्त्रालयको तथ्यांक छ।

७७ जिल्लामै पुग्यो डेंगु, ४७ जनाको मृत्यु

मन्त्रालयका अनुसार प्रकोपको रुपमा फैलिएको डेंगु ७७ जिल्लामा पुगेको छ।

हालसम्म ३८ हजार नौ सय १८ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने संक्रमणबाट ४७ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति: : 2022-10-15 16:27:00

प्रतिकृया दिनुहोस्