सेयर बजारमा दोहोरो अंकको वृद्धि

File Photo
File Photo

सेयर बजार परिसूचक नेप्से बुधबार दोहोरो अंकले बढेको छ। ११ दशमलव ५१ अंकले बढेर नेप्से सूचक १८ सय ६६ दशमलव ६७ विन्दुमा आइपुगेको छ।

त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ४८ अंकले बढेर तीन सय ६६ दशमलव ११ विन्दुमा पुगेको छ। बुधबार नेप्से सूचक दोहोरो बढे पनि कारोबार रकम भने उत्साहजनक हुन सकेको छैन।

मंगलबार अर्थ मन्त्रालयले बैंक तथा वित्तीय संस्थाहरूमा ब्याजदर घटाउन अध्ययन समितिलाई आग्रह गरेको थियो। त्यसैको प्रभाव बुधबारको बजारमा देखिएको हुन सक्ने कतिपयको आकलन छ। 

प्रकाशित मिति: : 2022-10-12 16:38:00

प्रतिकृया दिनुहोस्