हिमालयन रिइन्सुरेन्सको एजीएम कात्तिक ४ गते

File photo
File photo

हिमालयन रिइन्सुरेन्सले कात्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको असोज ३ गते बसेको संञ्चालक समिति बैठकले सभा गर्ने निर्णय गरेको हो।

साधारण सभामा आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ।

त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ। सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।

प्रकाशित मिति: : 2022-10-12 11:32:00

प्रतिकृया दिनुहोस्