कालिकोट पहिरो : मलामी गएका १३ जनाको मृत्यु (अपडेट)

File Photo
File Photo

कालिकोटमा तिलागुफा नगरपालिका ४ राँचुलीमा मलामी गएका १३ जनाको पहिरोमा परी मृत्यु भएको छ।

आइतबार दिउँसो राँचुली गाउँमा गएको पहिरोमा परी घाटमा पुगेकामध्ये १३ जनाको पहिरोमा परी मृत्यु भएको हो।

दुर्घटनास्थलमै रहेका तिलागुफा नगरपालिकाका उपमेयर महेन्द्र बहादुर शाहीका अनुसार पहिरोमा परेर १३ जना बेपत्ता भएको पुष्टी भएको छ। शाहीका अनुसार उनीहरु कोही पनि जिवित भेट्ने सम्भावना नरहेको शाहीले बताए।

उपमेयर शाहीका अनुसार मलामी गएका वडा नम्बर ४ राँचुलीका वडाध्यक्ष पर बहादुर शाही पनि पहिरोमा परी वेपत्ता भएका छन्। स्थानीय युवा हेमराज शाहीको शनिवार मृत्यु भएपछि आइतबार करिब ७० जना तिला नदीको घाटमा मलामी गएका थिए।

घाटमा पुगेकामध्ये १३ जनालाई पहिरोले पुरेको अन्य मलामीको भनाइ उद्धृत गर्दै उपमेयर शाहीले १३ जनाको मृत्यु भइसकेको पुष्टि गरे।

शाहीले भने, ‘घाटमा लाश जलाउने क्रममा राँचुली गाउँमा आएको पहिरोले १३ जनाको मृत्यु भएको पुष्टि जस्तै भइसकेको छ। उनीहरु पहिरोमा परेका मलामी गएका अन्यले देखेका छन्। अब उनीहरुलाई जिवित भेट्ने सम्भावना छैन।’

प्रकाशित मिति: : 2022-10-10 13:01:00

प्रतिकृया दिनुहोस्