सुनको मूल्य एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको छ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ९६ हजार, तेजावी सुन ९५ हजार ५ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ८५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भएको छ।
एकै पटक मूल्य बढ्नुको कारण दशैं बिदाको मूल्य समायोजन भएको महासंघले जनाएको छ।
दशैं बिदाका कारण सुन चाँदीको अन्तर्राष्ट्रिय मूल्य समायोज भइरहेपनि नेपालमा भने रोकिएको थियो। दशैं सुरु हुनु अघिको अन्तिम दिन १४ असोजमा ९३ हजार रुपैयाँमा छापावाल सुन र ११ सय ७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो।