जुम्लामा छाैटाैं पटक घाेडा दाैड प्रतियोगिता सम्पन्न भएकाे छ। जुम्ला विमानस्थल पिज हुनुभन्दा अगाडि सरकारी तवरबाट हुने घाेडा दाैड प्रतियोगिता लामाे सहय हुन सकेकाे थिएन।
विगत ६ वर्षदेखि कर्णाली स्पाेर्ट क्लबले घाेडा दाैड प्रतियोगिता सुरू गरेकाे छ। आइतबार फुलपातीकाे दिन छैटौं वर्षको जुम्ली घोडादौड प्रतियोगीता सम्पन्न भएको छ।
चन्दननाथ नगरपालिका र पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले सहयोग गरेपछि अन्तिम समयमा जुम्ली घाेडा दाैड प्रतियोगिताकाे आयाेजना गरिएकाे कर्णाली स्पाेर्ट क्लबका अध्यक्ष सराेज शाहीले बताए।
'जुम्ली घाेडाकाे पहिचान अलग छ। यसकाे ख्याली भारत र चीनसम्म फैलिएको छ,' उनले भने, 'याे समयमा समेत पहिचान छाेड्न सफल जुम्लि घाेडाकाे प्रचारप्रसारले मात्रै पनि पर्यटन प्रवर्द्धन गर्न सकिन्छ।'
प्रतियोगितामा गुठीचौर गाउँपालिका २ गडीगाउँका विकास बोहोराको घोडा प्रथम भएको छ। त्यस्तै सोही गाउँपालिका २ गडीगाउँका शंकर रोकायाको घोडा द्वितीय भएको छ भने गुठीचौर गाउँपालिका २ कोल्तेका विपेन बोहोराको घोडा तृतीय भएको छ।
कदम तर्फ चन्दननाथ नगरपालिका ८ धरालवाडाका आनन्द धरालाको घोडा प्रथम, गुठीचौर गाउँपालिका १ गडीगाउँका हरि प्रसाद बस्नेतको घोडा द्वितीय र गुठीचौर गाउँपालिका २ कोल्तेका कालि प्रसाद बोहोराको घोडा तृतीय भएको छ।
पालित तर्फ चन्दननाथ नगरपालिका १० गैरागाउँका हर्क शाहीको घोडा प्रथम, गुठीचौर ५ कुम्डीका विर्षवहादुर भण्डारीको घाडा द्धितिय र गुठीचौर २ कुँडिका मुनसुर बोहोराको घोडा तृतिय भएको आयोजक कर्णाली स्पोर्ट क्लबले जनाएको छ।
तीनवटै विद्याको प्रतियोगितामा प्रथम हुनेलाई ५ हजार, द्धितियलाई ३ हजार र तृतियलाई २ हजार रूपैयाँ पुरस्कार दिइएको छ।
परापुर्व कालमा जुम्ली घोडा हुनु महिमाको रूपमा रहि आएको चन्दननाथ–८ धरालबाडाका प्रख्यात घाेडा व्यापारी जयकृष्ण धरालाले बताए।
'अहिले पनि भारतकाे पिथाैरागडसम्म जुम्ली घाेडाकाे व्यापार हुन्छ,' उनले भने, 'घाेडा व्यापार गरेरै जीवन व्यतीत गर्यौं।'
उनका अनुसार पछिल्लो समय घाेडाकाे बजार घटेकाे छ भने उत्पादन समेत घटीरहकाे छ। पहिला एक हजारकाे संख्यामा व्यापारका लागि भारत लगिने घाेडा अहिले सयकाे हाराहारीमा लगिन्छन्।
लोप हुने स्थितिमा पुगेकाे जुम्ली घाेडाकाे प्रतियोगिता मार्फत प्रवर्द्धन गर्नु सकारात्मक कदम भएकाे चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए।
उनले भने, 'हामीले हाम्राे पहिचान बेचेर पर्यटक भित्र्याउने हाे। अगामी दिनमा याे विषयमा व्यापक छलफल गरेर जुम्ली घाेडाकाे पहिचान र पर्यटन प्रवर्द्धन गर्नुपर्छ।'
जुम्लामा गाडी नपुन्जेलसम्म समान ढुवानी गर्ने, ठुलाबडाकाे सवारीमा काम लाग्ने हुननले घाडा पाल्नु व्यािारका हिसाबले उपयुक्त थियाे। तर पछिल्लो समय आधुनिक यातायातका साधकाे विकास भएपछि घाेडा पाल्ने किसानकाे संख्या घट्दै गएकाे व्यापारी धरालाले बताए।
'यसले अब जुम्ली घोडा लोप हुने स्थिति पुगेको छ,' उनले भने, 'हामीले अहिले पनि थाेरै थाेरै व्यापार गरिरहेका हुनाले गाउँमा फाट्टफुट्ट घाुडा पाल्ने किसान भेटिने गरेका छन्।'
उनका अनुसार घाेडा दुई दशक अघिसम्म घाेडा व्यापारीहरू प्रसस्तै भेटिने गरेपनि समयसँगै धेरैले पेसा परिवर्तन गरे। पहिला पहिला प्रतियोगितामा प्रथम हुने घाेडालाई किन्न व्यापारीहरूकाे लाइन लाग्ने गर्थ्याे। अहिले पनि धेरैकाे नजरमा त्यस्ता घाेडाहरू पर्छन्।
हरेक वर्ष फुलपातिका दिन घोडा दौड प्रतियोगिता हुने गरेको छ। जिम्मेवार निकायले यसकाे संरक्षण गर्न ध्यान नदिएकाे घोडा पालक किसानहरूले गुनासो गरेका छन्।
यस पालिको प्रतियोगितामा जिल्ला भरीका ३५ वटा घोडाहरूले भाग लिएका थिए।
प्रतियोगिता तिनवटा विधामा विभाजन गरिगकाे थियो। घोडाको पालनपोषण, कदम वा चाल र खुल्ला दौडप्रतियोगिता गरिएको हो।