टुगा आस्थाले १५ हजार सदस्य बनाउदै, ४ वटा सेवा केन्द्र रुपन्देहीमा थप्ने

File Photo
File Photo

रुपन्देहीको ओमसतियामा रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाले ४ वर्षभित्र ५ हजार सदस्य बनाउने भएको छ।

संस्थाको एकीकृत पछिको चौथो साधारण सभाले ४ वर्षे रणनीतिक योजना पारित गर्दै संस्थाको पुजी ढेड अर्ब पुर्‍याउने, ४ वटा सेवा केन्द्र जिललाको विभिन्न ठाउँमा स्थापना गर्नेछ।

नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्था देशकै महत्वपूर्ण सहकारी संस्थाहरु मध्येको रहेको बताए।

साधारण सभामा संस्थाले १० जना उत्कृष्ट बचतकर्ता सदस्य, १० जना उत्कृष्ट ऋणी सदस्य उपहारसहित सम्मान गरेको छ। कार्यसूचीमा रहेको प्रस्तावलाई पारित गर्ने निर्णय भएको छ।

प्रकाशित मिति: : 2022-09-25 08:46:00

प्रतिकृया दिनुहोस्