रुकुममा बालकको शव फेला

File Photo
File Photo

रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–५, गोतामकोटको विष्ट गाउँ नजिकै एक बालकको शव क्षतविक्षत  अवस्थामा  फेला  परेको छ।   

जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका अनुसार गोतामकोटका टेकबहादुर विष्टका १० वर्षीय छोरा विजय  विष्टको शव घर नजिकैको मकै बारीमा फेला परेको हो। 

विजयकी आमा मकै बारीमा गएका बेला शव देखेपछि प्रहरीलाई खबर गरिएको थियो। 

प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार बालकको शव  बायाँ  खुट्टा  छुट्टिएको र आन्द्रा भुँडीलगायत अङ्ग नभएको अवस्थामा भेटिएको छ।  

स्थानीयका अनुसार बालक भदौ ३१ गतेदेखि हराएका थिए।

प्रकाशित मिति: : 2022-09-20 07:06:00

प्रतिकृया दिनुहोस्