थाइल्यान्डका प्रधानमन्त्रीको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै

बिएल संवाददाता

थाइल्यान्ड

थाइल्यान्डका प्रधानमन्त्री प्रयुत ओ चानको कार्यकाल सेप्टेम्बर ३० सम्म मात्रै रहने फैसला भएको छ।

थाइल्यान्डको संवैधानिक अदालतले उनको कार्यकाल सेप्टेम्बर ३० मा सकिने फैसला बुधबार गरेको हो। 

अदालतले प्रधानमन्त्री चानलाई यसअघि निलम्बन गर्ने फैसला गरेको थियो। निलम्बन गर्ने फैसला गर्दा नौ न्यायाधीशमध्ये पाँच न्यायाधीश निलम्बनको पक्षमा थिए। उनको कार्यकालका बारेमा विपक्षी दलहरूले मुद्दा दिएपछि प्रधानमन्त्रीको कार्यकालका बारेमा विवाद रहेको थियो।

थाइल्यान्डमा सन् २०१४ मा सैन्य कू भएदेखि उनी प्रधानमन्त्री छन्।

प्रधानमन्त्री चानले संविधान संशोधन गरेर सरकार र संसदमा सैन्य सहभागीता बढाएर आफू बलियो भएर सत्ता टिकाएका हुन्। 

संसदमा सैन्य सहभागीताको व्यवस्था गरेर सन् २०१९ मा निर्वाचन गराएर बहुमत पुर्याएका थिए। विपक्षीहरूले उनको कार्यकाल सन् २०१४ को अगस्टदेखि नै गणना गर्नुपर्ने दाबी गरेका थिए, भने प्रधानमन्त्री प्रयुत र सत्तारूढ दलले सन् २०१९ मा भएको आम निर्वाचनपछि मात्रै उनको कार्यकाल गणना हुने तर्क गरेका थिए।

कू गरेर निर्वाचन अगाडिसम्मको कार्यकाललाई अन्तरिम कार्यकाल मान्नुपर्ने प्रधानमन्त्री पक्षधरको दाबी थियो। तर अदालतले भने उनीहरूको दाबी विपरित फैसला गरिदिएको छ।

प्रकाशित मिति: : 2022-09-15 06:21:00

प्रतिकृया दिनुहोस्