भारतीय चर्चित र्यापर हनी सिंह र उनकी पत्नी शालिनी तल्वारको विवाहको २१ वर्ष पछि सम्बन्ध विच्छेद भएको छ।
शालिनीले २०२१को अगस्टमा सिंह विरुद्द घरेलु तथा यौन हिंंसाको आरोप लगाएकी थिइन्।
उनले सिंह र उनको परिवारले आफुलाई मानसिक र भावनात्मक रुपमा समेत तनाव दिने गरेको बताएकी थिइन्।
शालिनीले दिल्लीको तीस हजारी अदालतमा २० करोड भारु क्षतिपूर्तिसहित सिंग विरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन्।