नेप्से परिसूचक ४.२ अंक घटेर १९७३ अंकमा कायम

File Photo
File Photo

साताको दोस्रो काराेबार दिन सोमबार सेयर कारोबार ९० करोड ९९ लाख रुपैयाँमा खुम्चिएको छ। आइतबार १ अर्ब ७ करोड रुपैयाँको कारोबार भएको थियो । साेमबार नेप्से परिसूचक ४.२ अंक घटेर १९७३ अंकमा कायम भएको छ।

कुल ६१ कम्पनीको मूल्य बढ्दा ११६ को घट्यो भने १० को स्थिर छ। साेमबार बैंकिङ १.३, विकास बैंक १०.८, फाइनान्स ९.८, होटल तथा पर्यटन ८, जलविद्युत् ६, जीवन बिमा ५, निर्जीवन बीमा ४, अन्य १५ तथा ब्यापार उपसमूह ८ अंक घटे।

उत्पादन १ र माइक्रोफाइनान्स उपसमूह २ अंक बढे। मैलुङखोला जलविद्युत्‌को मूल्य सबैभन्दा धेरै ७ प्रतिशत बढ्यो। रुरुको सबैभन्दा धेरै ६‍.५ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा रिडी पावर, हिमालयन एभरेस्ट इन्स्योरेन्स, नबिल बैंक, नेस्डो लघुवित्त र नेपाल टेलिकम क्रमश: अगाडि छ।

प्रकाशित मिति: : 2022-09-05 16:41:00

प्रतिकृया दिनुहोस्