६ जना रुसी आरोहीको मृत्यु

File Photo
File Photo

पूर्वी रुसको कामचटका क्षेत्रमा रहेको युरेसियाको सबैभन्दा अग्लो सक्रिय ज्वालामुखीमा आरोहण गर्ने क्रममा कम्तीमा ६ जनाको मृत्यु भएको छ । आरोहणमा गएका अन्य ६ जना अलपत्र परेका छन्।

खराब मौसमका कारण उद्धारकर्ताहरू क्लुचेभस्काया सोप्का ज्वालामुखीमा रहेका अन्य ६ जना आरोहीसम्म पुग्न असमर्थ रहेको बीबीसीले जनाएको छ।

आरोहीहरूमध्ये दुई जनाले समुद्र सतहबाट ३,३०० मिटर उचाइमा रहेको शिविरमा आश्रय लिएका र अन्य चार जनाले ४,००० मिटरको पालमा आश्रय लिएको विश्वास गरिन्छ।

सबै आरोही रुसी नागरिक हुन्। दुई जना गाइडसहितको १२ जनाको समूहले मंगलबार ४ हजार ७५४ मिटरको शिखरमा आरोहण सुरु गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रकाशित मिति: : 2022-09-04 15:36:00

प्रतिकृया दिनुहोस्