पहिरोको उच्च जोखिममा पिपल चौर

File Photo
File Photo

जाजरकोट नलगाड नगरपालिका-४ को पिपल चौरका प्रेमबहादुर रावल ठूलो पानी परे रातभर सुत्न पाउँदैनन्। निदाएकाे बेला घरमाथिकाे पहिराे खसेर बगाउने पाे हाे की भनेर जाग्रामै रात कटाउँछन्। उनले भने, ‘मेराे घर मात्रै हाेइन बस्ती नै पहिरोकाे जोखिममा छ।' बस्ती नजिकैको गाँरेखोलाको कटान तथा पहिरोले एक साथ क्षति गर्न थालेपछि पिपल चौर बस्ती उच्च जोखिममा परेको हो।

पहिरो तथा खहरे खोलाको कटानले गर्दा बस्ती पिपल चौर बस्ती जोखिममा परेको स्थानीय रवीन्द्र गौतमले बताए। कालीमाटी-सिक्रे सडक निर्माण गर्दा यसको असर यहाँका ५० घरधुरीमा  परेको गौतमको भनाइ छ। पहिरो रोकथाम तथा नियन्त्रण समयमै नगरिए ठुलो क्षति पुग्ने उनीहरूकाे भनाइ छ।

पहिरो रोकथाम तथा नियन्त्रणमा कतैबाट पनि पहल हुन नसकेको पिपल चौरका राजेन्द्र रावलले बताए। यो पहिरो रोकथाम गरिएन भने यसबाट यहाँको उब्जाउ जमिन बगेर जाने खतरा रहेकाे उनकाे भनाइ छ। पहिरोले गर्दा यहाँका मान्छे निकै त्रासमा छन्।

वडा अध्यक्ष बद्री पन्तले पहिराको कारण स्थानीयको घरजग्गा निकै जोखिम रहेकाे बताए। यो सबै जथाभावी सडक निर्माणका कार०ा भएकाे अध्यक्ष पन्तको भनाइ छ।

नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावतले वडा तथा नगर सरकारले पिपल चौर पहिरोको विषयमा आवश्यक पहल गर्ने बताए । यसका लागि प्रदेश तथा सङ्घीय सरकारसँग समेत माग गर्ने प्रमुख रावतको भनाइ छ।

प्रकाशित मिति: : 2022-09-03 16:25:00

प्रतिकृया दिनुहोस्