अरुण काबेलीले सतप्रतिशत हकपद सेयर निष्कासनको माग्याे अनुमति

File photo
File photo

अरुण काबेली पावर कम्पनीले हकपद सेयर निष्सकानका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। अरुणले १ः१ अनुपातमा एक करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति मागेको छ। 

कम्पनीले हाल कायम एक अर्ब ८५ करोड ५२ लाख १० हजार पाँच रुपैयाँ चुक्ता पुँजीमा सतप्रतिशत हकप्रद बिक्री गर्न लागेको हो। यसमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्ने भएको छ। 

यसअघि १० भदौमा अरुण काबेलीलाई विद्युत नियमन आयोगले पनि सयप्रतिशत हकपद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ। आयोगले अरुणलाई १ः१ अनुपातमा हकपद सेयर बिक्री गर्न स्वीकृति दिएको हो।

प्रकाशित मिति: : 2022-09-02 16:37:00

प्रतिकृया दिनुहोस्