डिजेल र मट्टितेलको मूल्य ६ रूपैयाँले बढ्यो

File Photo
File Photo

नेपाल आयल निगममले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ।

बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको छ। अब एक लिटर डिजेल र मट्टितेलको मूल्य १८१ रुपैयाँ पर्नेछ।

निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

मूल्य समायोजनपछि पनि १५ दनमा करिब ३० करोड ५२ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ।

 

प्रकाशित मिति: : 2022-09-02 06:53:00

प्रतिकृया दिनुहोस्