‘जसले जतिसुकै गठबन्धन गरेपनि हुम्ली जनताले एमालेलाई नै जिताउँछन्’ (भिडियाे)

दल रावल

काठमाडौं
BreaknLinks
BreaknLinks

प्रदेशको सांसद भएकाेले मैले कर्णालीको विकासका लागि सकेसम्म धेरै काम गरेको छु। विशेष गरेर स्वास्थ्यकाे क्षेत्रमा काम गरेको छु। हरेक जिल्लामा महिला विशिषग्यको व्यवस्था गरेको छौँ। कर्णालीको स्वास्थ्य, पूर्वधारको विकास र महिलालाई प्राथमिकतामा राख्नु आजको आवश्यकता हो। निर्वाचनमा मैले जिल्लामा मेरो छुट्टै पहिचान बनाएको छु। मेरो पार्टीमा मात्र होइन, सबै पार्टीका नेता-कार्यकर्ता र जनताबीच सकारात्मक सहयाेग पाएको छु। त्यसैले लाग्छ मैले जनता र प्रदेशको लागि उचित काम गरेको छु।

हिजो चुनाव नजित्दासम्म म कुनै दलको कार्यकर्ता थिएँ तर अब चुनाव जितिसकेपछि जनताको सेवक हो। मन्त्री बनेपछि मैले समान रुपले गर्नुपर्छ, मैले त्यो गरेको छु। अहिले पनि जनताहरुसंग भेटघाट हुन्छ, वार्ता, बहस हुन्छ। जनतासंग विकासका कुरा, राजनैतिक, सैद्धान्तिक बहस अन्तर्क्रियासमेत हुन्छ। अचेल आलोचनाहरु नि आउँछन्, सहजै सहने र जनताको सेवाका लागि सार्वजनिक पद लिएको रहेछु भन्ने संकेत लागेको छ। अब त जनताले हामीलाई सेवाका लागि समावेशीता, सहजता गर्नुभएको छ भन्ने समेत कुरा आएको छ।

मङ्‌सिर ४ गतेको निवाचान केन्द्रित रहेर पार्टी व्यापक रूपमा लागिरहेको छ। लोकतन्त्र संघीयताको संस्थागत विकास गर्नुपर्छ भन्ने हामीलाई लागिरहेका छौँ। म एउटा राजनीतिकर्मी, प्रगतिशील वामपन्थी पार्टीको कार्यकर्ता भएकाले पनि यो निवाचनलाई एकदमै सकारात्मक ढङ्गले हेरेका छु। पार्टीले टिकट दिएसम्म निर्वाचन लड्छु। एमाले उत्साहका साथ लागिरहेको छ।

हुम्ला अत्यन्तै सुन्दर, राष्ट्रको एउटा गहना, कर्णालीका हिमाली भेगमा भएको जिल्ला भएकाले गर्दा आज संसारभर चर्चामा छ। हिमालको माध्यमले पर्यटन व्यवसाय राम्रो र सम्भावित ठाउँ हो। हुम्लाले पर्यटक लिन सक्छ, प्राकृतिक स्राेत सान्धन परिचान हुन्छ। यसले राष्ट्रको विकासमा ठुलो योगदान दिनसक्छ। हुम्लाको पानी खाएर हुर्केको विद्यार्थीहरूले शिक्षाको क्षेत्रमा राम्रो गर्छन्। हुम्लालाई विविधतामा एकताको रूपले बुझेको छु।

सांस‌द भनेको जन्ताको सेवक हो, जनताको आवाज सुन्ने र विकासको काम गर्नुपर्ने हो। यो सत्य हो, चुनाव जितेर आएकाहरू चुनावपछि नदे‌खिने केही हद‌सम्म सत्यता छ। निर्वाचन जितेको ठाउँको लागि केही सांसद त नबोलेको पनि देखिन्छ। मैले कर्णाली प्रदेश र हुम्लाको लागि धेरै नै बोल्ने गरेको छु। हुम्लाको वर्तमान अवस्था, विभिन्न विधेयकको विषयमा स्पष्ट रूपमा आफ्नो धारणा राखेको छु। हुम्लाको पहिचानका लागि म एमालेको तर्फबाट निष्पक्ष रूपमा बोल्ने गरेको छु।

पहिलो कुरा पहुँचको विकास नभएर हो। मलाई जनताले मत दिएर जिताइसकेपछि मेरो उत्तरदायित्व के हो भन्ने बुझ्न जरूरी छ। यी कुराहरूको समस्याले जनतामा नेताप्रतिको जनविश्वाससमेत घटेको छ। के विषयमा बोल्नुपर्छ, कस्तो अभ्यास गरेर सकारात्मक सन्देश दिने हो। विकासको पहल गर्ने हो, संसदीय मर्यादा पालना गर्ने हो भन्ने कुरा बुझ्नुपर्छ।

जुम्लामा मैले एमालेबाट सांसद जितिसकेपछि जन‌मत बढेको तथा संगठन राम्रो भएको छ। राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका र हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवादी कदमले हुम्लामा राम्रो प्रभाव परेको छ। यो देशमा केही गर्ने भनेको एमाले हो, एमालेमा जनविश्वास रहेको छ। पहिलेको तुलनामा मत बढेको छ, राम्रो भएको छ। देशमा भएको राष्ट्रघात महङ्गी, भ्रष्टाचार जनताले जवर्जस्ती बोक्नु परेको छ। यी सबै कुरालाई जनताले बुझिसकेका छन्। अरू दलले पद, कुर्सी र अस्तित्व जोगाउन गठबन्धन गरेका हुन्।

त्यसैले जनताले गठबन्धनलाई तोडेर हामीलाई भोट‌ दिन्छन्। हामी एमाले ढुक्क छौँ। समग्र देश, जिल्ला, प्रदेश, गाउँ निर्माणमा हाम्रो महत्वपूर्ण योगदान छ र हामीले मात्र राम्रो गर्न सक्छौँ। यसका थुपै इतिहास र उदाहरणहरू छन्।

अबको निर्वाचनमा एमाले एक्लै भिड्छ गठबन्धनसंग। जनताले अबको विकल्प एमाले मात्र देखेका छन्, एमालेलाई भोट हाल्छन्। यो औचित्यविहीन गठबन्धनको कुनै अर्थ छैन। एमालेलाई हुम्लाले बुझेको छ।

गठबन्धनकाे मुख्य समस्या भनेको व्यवस्थापन हो। गठबन्धन नेताहरूको लागि मात्र भएको हो, जनताका लागि भएको हैन। अब स्वतन्त्र चाहन्छन्। विकास चाहन्छन्। समृद्धि, स्थायित्व चाहिएकोले जनताको नेतृत्व अब एमालेले गर्न तयार छ। यो गठबन्धन कुर्सी व्यवस्थापनका लागि गरिएको हो। अब यी गठबन्धन वालाहरूलाई जनताले मङ्सिर ४ गते देखाइ दिनेछन्। यो देशमा एउटा मात्र राष्ट्रवादी पार्टी भनेको एमाले हो। त्यसैले जनताले एमालेलाई चुन्ने छन्।

यो गठबन्धन जिल्लामा मात्र भएको छैन, केन्द्रबाट भएकोले गठबन्धन अन्तर्राष्ट्रिय मान्छेहरूले बनाइ‌दिएको मैले महसुस गरेको छु। जनता, कार्यकर्ताले यो कुरा मान्न चाहन्छन्। जनता दिक्क भएकाले स्वतन्त्र आएर जितेकोसमेत उदाहरण छ।

अब गठबन्धनलाई स्वतन्त्रले समेत हराइदिन्छन्, निर्वाचनसम्म हेर्दै जानुहोस्। यो चुनावमा गठबन्धनलाई जनताले भोट हाल्दैनन्, अब सरकार गठबन्धनको बन्दैन। किनभने एकआपसमा विश्वास नै छैन। कांग्रेस आफ्नै सरकार बनाउन चाहन्छ, माओवादी आफ्नै यस्तै लुछाचुँडीले यो गठबन्धन टिक्न सक्दैन।

नेकपा एमाले चुनाव केन्द्रित भइसकेको छ। टिकटको प्रकृयामा पार्टीको विधान‌अनुसार कसलाई दिने निर्णय हुन्छ। जनता सूर्य चिन्हमा भोट हाल्न आत्तुर छन्। जुम्लीमा जनताले सूर्यमा मतदान गर्ने छन्।

एमालेले चुनाव जित्छ, हामी ढुक्क छौँ। अब हुम्लाको विकास एमालेले गर्छ। हिजोको हुम्लाको इतिहास जाेगाउन र समग्र हुम्लाको जिम्मेवार एमाले हो। राष्ट्रको अस्तित्व र जुम्लालाई विश्वभर चिनाउन एमालेको उम्मेदवारलाई जिताउनुपर्छ।

(दल रावल प्रदेश कर्णालीका पूर्व मन्त्री एंव नेकपा एमालेका केन्दीय सदस्य हुन्)

प्रकाशित मिति: : 2022-08-31 21:35:00

प्रतिकृया दिनुहोस्