सेयर बजारमा सामान्य सुधार

File photo
File photo

आज सेयर कारोबारमा सामान्य सुधार भएको छ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार २.१९ प्रतिशतले कारोबार दृद्धि हुँदै नेप्से १९ सय ९५ मा अड्किएको छ।

आज कुल २९ लाख १४ हजार पाँच सय पाँच कित्ता सेयर कारोबार हुँदा एक अर्ब १९ करोड ५१ लाख ६ हजार ६ सय ९६ रुपैयाँको कारोबार भएको छ। यस्तै, आज २० हजार आठ सय ५८ पटक कारोबार भएको पनि स्टक एक्सचेन्जले जनाएको छ।

प्रकाशित मिति: : 2022-08-30 16:21:00

प्रतिकृया दिनुहोस्