पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु

बिएल संवाददाता

इस्लामाबाद
file photo
file photo

पाकिस्तानमा डुंगा पल्टिँदा महिला र बालबालिकासहित ७ जनाको मृत्यु भएको छ। 

दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन्।

उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरुमा जनाइएको छ। उद्धारकर्ताहरुले ७ जनाको शव फेला पारेका थिए। नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेकाे छ। 

यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन्। बाढीपछि सरकारले आपत्काल घोषणा गरेको छ।

प्रकाशित मिति: : 2022-08-30 06:31:00

प्रतिकृया दिनुहोस्