सेयर बजारमा सामान्य सुधार

File photo
File photo

सेयर बजार परिसूचक नेप्से सोमबार सामान्य बढेको छ।

लगातार घटिरहेको सेयर बजार आज भने सामान्य सुधार भएको हो।

नेप्से तीन दशमलव ७६ अंकले बढेर एक हजार नौ सय ९३ दशमलव ०२ विन्दुमा पुगेको छ। आज जीवन बीमा र उत्पादन समूहको सेयर ४० अंकभन्दा धेरै बढेको छ। बैंक, माइक्रोफाइनान्स, लगानी र म्यचल फन्ड समूहको सेयर भने घटेको छ।

आज दुई सय २२ वटा कम्पनीको ३४ लाख ४० हजार कित्ता सेयर एक अर्ब २६ करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल टेलिकमको ११ करोड २५ लाख रुपैयाँको सेयर किनबेच भयो।

नेप्से सामान्य बढेको दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ। समग्र बजार बढे पनि रुरु जलविद्युत् कम्पनीको सेयर झन्डै ६ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: : 2022-08-29 16:11:00

प्रतिकृया दिनुहोस्