दोर्दी करिडोरको बिजुली राष्ट्रिय ग्रिडमा जोड्ने बाटो खुल्याे

लमजुङको दोर्दी करीडोरमा निर्माण सम्पन्न भएको र निर्माणधीन अवस्थामा रहेका जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय ग्रिडमा जोडिने बाटो खुलेको छ।

मर्स्याङ्दी कोरिडोर २२० केभी प्रशारण लाइन आयोजना अन्तर्गतको उदिपुर-भरतपुर खण्डको उदिपुर सबस्टेसन देखि मर्स्याङ्दी जलविद्युत केन्द्रको स्विचयार्डसम्मको करिब ७ किमी २२० केभी लाइन वैकल्पिक व्यबस्थाअन्तर्गत १३२ केभीमा शनिबार चार्ज भएको आयोजना प्रमुख चिरन्तन विक्रम राणाले बताए।

उनले भने, 'उक्त लाइनखण्ड चार्ज भएसँगै दोर्दी कोरिडोरमा निर्माण सम्पन्न भएका २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना, २५ मेगावाटको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना, १२ मेगावाटको दोर्दी खोला-१ जलविद्युत आयोजना र ८ दशमलव ६३ मेगावाटको चेपे खोला जलविद्युत आयोजना गरी हाललाई ७२ मेगावाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण ग्रीडमा जोड्ने बाटो खुलेको छ।  

राणाका अनुसार राष्ट्रिय प्रशारण ग्रीडको ब्याकफिड पाएपश्चात उल्लेखित जलविद्युत आयोजनाहरु परिक्षण उत्पादन तथा प्रसारण गरी ग्रीडमा जोडिनेछन्। चितवनदेखि तनहुँ, लमजुङहुँदै मनाङसम्म २२० केभी प्रसारणलाइन परियोजना निर्माणको काम पनि धमाधम भइरहेकोे छ। 
 

प्रकाशित मिति: : 2022-08-28 17:09:00

प्रतिकृया दिनुहोस्