भारतका नयाँ प्रधानन्यायाधीश ललितद्धारा सपथग्रहण

बिएल संवाददाता

नयाँ दिल्ली
file photo
file photo

भारतका नवनियुक्त प्रधानन्यायाधीश उदय उमेश ललितले सपथ ग्रहण गरेका छन्। 

तत्कालीन प्रधानन्यायाधीश एनभी रमणले अवकाश पाएको भोलिपल्ट उनले शनिबार बिहान सपथ खाएका हुन्। 

उनलाई राष्ट्रपति द्रौपदी मुर्मुले राष्ट्रपति भवनमा सपथ खुवाएकी थिइन्। उनी भारतको ४९ औँ प्रधानन्यायाधीश बन्का छन्।

उनको कार्यकाल आगामी नोभेम्बर ८ सम्म मात्रै रहने भएको छ। झण्डै तीन महिने कार्यकालमा उनले तीन कामलाई प्राथमिकता दिने बताएका छन्। 

अवकाश प्राप्त प्रधानन्यायाधीशलाई बिदाई गर्न आयोजित कार्यक्रममा नवनियुक्त प्रधानन्यायाधीश ललितले मुद्दालाई सरलीकृत गर्ने, छिटो छिटो टुङ्ग्याउने र पारदर्शी बनाउने जानकारी दिएका छन्। 

उनी न्यायाधीश हुनु अघि भारतमा चर्चित अधिवक्ता थिए। अधिवक्ता मध्येबाट न्यायाधीश हुँदै प्रधानन्यायाधीश हुने उनी दोस्रो व्यक्ति हुन्। 

उनी सुरुमा पुनरावेदन अदालतमा न्यायाधीश भएका थिए। त्यसपछि सन् २०१४ को अगस्टमा सर्वोच्च अदालतको न्यायाधीश भएका थिए।  

सन् १९५७ को नोभेम्बरमा महाराष्ट्रको सोलापुरमा जन्मिएका ललितका पिता पनि न्यायाधीश नै थिए। 

प्रकाशित मिति: : 2022-08-27 20:18:00

प्रतिकृया दिनुहोस्