सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर

File Photo
File Photo

सपोर्ट लघुवित्त वित्तीय संस्थाले भदौ ९ गते देखि १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

सेयरको भाउ प्रतिकित्ता न्यूनतम ६५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले यसलाई न्यूनतम आधार मानेर दर रेट तोक्नुपर्नेछ।

सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले भदौ २३ गते भित्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड टेकुमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ।

यसमा लघुवित्तका विद्यमान अन्य संस्थापक सेयरधनीको आवेदन नपरेको हुँदा अन्य व्यक्ति वा संघ संस्थाले पनि आवेदन दिन मिल्ने व्यवस्था गरिएको हो।

प्रकाशित मिति: : 2022-08-25 09:58:00

प्रतिकृया दिनुहोस्